मंगनका जिल्लापालद्वारा टास्क फोर्सका सदस्यहरूलाई लिएर सभा सम्पन्न

IMG-20240117-WA0304.jpg

मंगन: मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीको अध्यक्षतामा जिल्ला टास्क फोर्सका सदस्यहरूलाई लिएर एक सभा सम्पन्न भयो। उक्त सभामा विशेष गरेर दादुरा रोगको भ्याक्सिन अभियानबारे छलफल गरियो।

सभामा डीआरसीएचओ मंगन अस्पताल, स्वास्थ्य शिक्षाविद्, विद्यालय स्वास्थ्य संयोजक, बजार निरीक्षक मंगन नगर पञ्चायत तथा सम्बन्धित विभागका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै डा. छिरिङ जोम्बा लाचेन्पाले जिल्ला अस्पताल मंगनले तेस्रो त्रैमासिक २०२३ को लागि जिल्ला टास्क फोर्स खोपको बारेमा संक्षिप्त प्रस्तुति दिए। उनले खोप कभरेज र इन्टेन्सिफाइड मिशन इन्द्रधनुष (आईएमआई) तेस्रो राउन्ड रिपोर्ट, प्रसवपूर्व हेरचाह जस्ता विभिन्न जिल्ला टास्क फोर्स खोप कार्यहरूबारे रिपोर्ट पनि प्रस्तुत गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement