योक्सम टाशीडिङमा एसकेएम पार्टीको समष्टिस्तरीय सभा सम्पन्न

IMG-20240117-WA0303.jpg

विपक्षी दललाई जनताले २०२४ को चुनाउमा जवाफ दिनेछः जेकब खालिङ

गेजिङ: गेजिङ जिल्ला अन्तर्गत योक्सम टाशीडीङ निर्वाचन क्षेत्रमा आज सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको समष्ठीस्तरीय सांगठनिक सभा मन्त्री तथा याङथाङ निर्वाचन क्षेत्रका विधायक भीमहाङ सुब्बाको अध्यक्षतामा सम्पन्न भयो। सभामा क्षेत्र विधायक तथा सिक्किम विधानसभाका उपाध्यक्ष साङगे लेप्चा,मुख्य मन्त्रीका राजनीतिक सचिव तथा पार्टी प्रवक्ता जेकब खालिङ, गेजिङ जिल्ला उपाध्यक्ष प्रभारी एन. बी. दाहाल, लगायत अन्यको पनि उपस्थिति रहेको थियो। आजको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका राजनीतिक सचिव एवं प्रवक्ता खालिङले वर्तमान सिक्किम सरकारले गरेको विभिन्न विकासका कार्यबारे स्थानीयहरूलाई अवगत गराए। वर्तमान सिक्किम सरकारले विभिन्न जातको आधारमा विभाजन भएको सिक्किमे समाजलाई एकताको सूत्रमा बाँध्ने काम गरेको जानकारी गराए। पूर्व सरकारले सिक्किमको विभिन्न जात गोष्ठीलाई केवल सत्तामा पुग्ने सीँढिको रूपमा प्रयोग गरेको तर सत्तामा पुगेर कुनै जातको उन्नति अनि संरक्षणको निम्ति कार्य नगरेको पनि उनले दावी गरे। अहिले पनि त्यही नीति प्रयोग गरी रहेको उनले बताए। एकतामा रहेको सिक्किमे समाजलाई विभाजन गर्न बाहिरबाट खेतालाहरु ल्याएको तर अब सिक्किमे समाजले त्यसको सहन नगर्ने उनले बताए। यसका साथै अब यो निर्वाचन क्षेत्रले सबैसँग हातेमालो गरेर क्षेत्रको विकासको निम्ति आगामी आम चुनावमा टेबल ल्याम्पको चिन्हमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको उम्मेदवारलाई विजयी गराउनु पर्ने पनि आग्रह गरे।

यसरी नै अब आगामी महिनाहरुमा सरकारले जनतालाई वितरण गर्ने विभिन्न सहुलियतहरुबारे सबैलाई प्रकाश पारे। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आफ्नो सरकारको स्थापनाकालदेखि नै समावेशी राजनीति गरेको बताए। सिक्किमे जनता दही जस्तो जमेर बसेको देखेर यसलाई छताछुल्ल पार्न विपक्षले देश बाहिरबाट भाडामा खेतालाहरू ल्याएको प्रमाणित भइसकेको पनि उनले बताए। तर जतिनै षड्यन्त्र गरे पनि यसको उत्तर जनताले दिने विश्वस्त व्यक्त गरे। अब विपक्षी दलको जनतालाई जात जातमा विभाजन गर्ने घृणित राजनीति टिक्दै नटिक्ने पनि उनले ठोकुवा गरे। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमे जनताको निम्ति गरेको कार्यहरूको कारण जनताले अब २०२४ को चुनावमा ३२ मा ३२ सिटमा विजयी बनाउने मन बनाएको पनि ठोकुवा गरे।

आजको सभामा क्षेत्र विधायक एवं सिक्किम विधान सभाका उपाध्यक्ष साङ्गे लेप्चाले यो क्षेत्रमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले गरेको कार्यहरुबारे विस्तृत रूपमा जानकारी गराए।

About Author

Advertisement