विकसित भारत संकल्प यात्रा पुग्यो राजधानीको एमजी मार्ग

n57511154017055082138339988e705a04aabd9b540cfdaab91eae24f861174c8443bb4c755d24eaba29889.jpg

गान्तोक: गान्तोक जिल्लाको निम्ति चलिरहेको विकसित भारत संकल्प यात्रा आज राजधानीको एमजी पुग्यो। गान्तोक जिल्ला अन्तर्गत रांकाबाट ११ जनवरीका दिन शुरू उक्त यात्रा आगामी २५ जनवरीका दिन समाप्त हुनेछ। यो यात्राले जिल्लाका सबै जीपीयूलाई कभर गर्ने बताइएको छ।

प्राप्त जानकारी अनुसार, आजको विकसित भारत संकल्प यात्रा नाथाङ जीपीयूको निम्ति प्रस्तावित थियो, तर प्रतिकूल मौसमका कारण राजधानीको एमजी मार्ग गरियो। यो यात्रा भारत सरकारले शुरू गरेको देशव्यापी अभियान जो, जसको उद्देश्य मोबाइल भ्यानको माध्यमद्वारा शहर र ग्रामीण क्षेत्रहरूमा भारत सरकारका योजनाहरूको बारेमा सचेतना फैलाउनु हो।

राजधानीमा आज सम्पन्न विकसित भारत संकल्प यात्रामा गान्तोकका विधायक वाईटी लेप्चा, गान्तोककी उपमेयर छिरिङ पाल्देन भोटिया, पार्षद सन्दीप मालू, पार्षद छुङ्किला लेप्चा, गान्तोककी एडीसी राधा प्रधान तथा अन्य गणमान्य व्यक्तहरू उपस्थित थिए।

About Author

Advertisement