कोलकाताः कलकत्ता हाईकोर्टको आदेशपछि पुलिसले सन्देशखालीका तृणमूल नेता शेख शाहजहां शेखको घरमा सीसीटीभी क्यामरा लगाएको छ। मंगलवार जस्टिस जय सेनगुप्ताले तृणमूल नेताको घरमा एउटा सीसीटीभी क्यामरा लगाउने आदेश दिएको थियो ताकि त्यहाँ को आइरहेछ र को गइरहेको छ, यसको निगरानी गर्न सकियोस्। त्यही आदेश मुताबिक पुलिसले मंगलवार राति शाहजहांको घरमा सीसीटीभी क्यामरा लगाएको छ। बुधवार पुलिसले यसबारे जानकारी दियो। कूल तीन वटा सीसी क्यामरा लगाइएको बताइएको छ।
उल्लेख्य, ०५ जनवरीमा ईडीको पाँच सदस्यीय टीमले तृणमूल नेता शाहजहां शेखको सन्देशखाली स्थित घरमा छापा मारेको थियो। यहाँ एक हजारभन्दा धेरै तृणमूल कार्यकर्ता एकत्र भएका थिए अनि ईडी अधिकारीहरूमाथि हमला गरेका थिए। तबदेखि शाहजहां फरार छन्।
-हिस









