सागरदिघीमा व्यक्तिको शव भेटियो

IMG-20230528-WA0320-5-300x172-5

कोचबिहारः जिल्लाको सागरदिघीमा बुधवार बिहान एक व्यक्तिको शव भेटिएको छ। मृतकको पहिचान जिल्लाको बलरामपुर क्षेत्र निवासी सञ्जीव कुमार देव (४०) को रूपमा गरिएको छ। अहिले व्यक्ति शहरको न्यू बजार क्षेत्रमा भाड़ाको घरमा बसिरहेको थियो।

सूचना पाउनसाथ कोचबिहारको कोतवाली थाना पुलिस घटनास्थलमा पुग्यो र शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति एमजेएन मेडिकल कलेज एवं अस्पताल पठायो। पुलिसले घटनाको जाँच शुरू गरेको छ। आज बिहान मर्निङ वकको निम्ति निस्केका केही मानिसहरूले सागरदिघी छेउ शव देखे। जसपछि कूचबिहारको कोतवाली थाना पुलिसलाई सूचना दिए।

सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो। पारिवारिक सूत्रहरू अनुसार, सञ्जीव लामो समयदेखि न्यू बजार क्षेत्रमा बसिरहेको थियो। उनको आफ्नो बिजनेस थियो। हिजो उनले आफ्नो परिवार र साथीहरूसिथ भेट गरेका थिए। यसपछि आज बिहान परिजन मामिलाको शिकायत थानामा गर्न गए जसपछि सागरदिघीमा उनको शव भेटिएको खबर पाइयो।

About Author

Advertisement