आईएसएफले विक्टोरिया हाउस छेउ पाएन ऱ्यालीको अनुमति

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः भाजपापछि आईएसएफले विक्टोरिया हाउस छेउ ऱ्यालीको माग गर्दै कलकत्ता उच्च न्यायालयको दैलो ढकढकाएको थियो। तर, कोर्टले अहिले त्यहॉं ऱ्यालीको अनुमति दिएन। बुधवार भएको सुनवाई अवधि अदालतले भन्यो, गत वर्ष आईएसएफलाई रानी रासमणि रोडमा कार्यक्रम आयोजित गर्ने अनुमति दिइएको थियो। तर, त्यस कार्यक्रमलाई लिएर हिंसाको आरोप लागिरहेको छ। स्थिति नियन्त्रिणबाट बाहिर भएको थियो। आईएसएफ कार्यकर्ता र समर्थकहरूको पुलिससॅंग भिडन्त भएको थियो।

नौशाद सिद्दीकीको टीमले ऱ्यालीको बारेमा बताउॅंदै कोर्टमा हलफनामा दर्ता गर्नु पर्नेछ। यस अतिरिक्त, गत वर्षको घटनाबाट नौशादको टीमले के शिक्षा लियो, यसको जानकारी पनि कोर्टमा दिनु पर्नेछ। यसरी नै कार्यक्रमको योजना र सभा सम्बन्धि विषयहरूको जानकारी पनि दिनु पर्नेछ। उक्त सबै जानकारी दिएपछि अनुमति दिने अथवा नदिने भन्ने विषयमा निर्णय लिइने छ। न्यायमूर्ति जय सेनगुप्ताको पीठमा मामिलाको सुनवाई भएको थियो।

About Author

Advertisement