राष्ट्रिय युवा सप्ताह पालन

n57480345417054200172310ee80418d6ca5ab1d0ffdd20cf609bb8436a9bf5415a1b259f38e1e6fd1864f9.jpg

गान्तोक: भारतीय खेलकूद प्राधिकरण (साई), नाम्चीको प्रशिक्षण केन्द्रमा आज स्वामी विवेकानन्दको जन्मजयन्तीको अवसरमा राष्ट्रिय युवा सप्ताह पालन गरियो।

नेहरु युवा केन्द्र, नाम्ची भारतीय खेलकूद प्राधिकरण र भारत सरकारको खेलकूद एवम युवा मामिला विभागको संयुक्त पहलमा आयोजना गरिएको कार्यक्रममा नेहरु युवा केन्द्रका प्रभारी बीएस मल्लिक, कार्यवाहक प्रभारी सुमित भट्टचार्य लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रभारी मल्लिकले राष्ट्रिय युवा सप्ताहको विषयमा जानकारी गराउँदै प्रत्येक वर्षको १२ जनवरीदेखि १९ जनवरीसम्म राष्ट्रिय युवा सप्ताह पालन गरिने बताए। आजको यस कार्यक्रमको थिम “फिजिकल फिटनेस डे” रहेको जानकारी गराए।

उनले राष्ट्रिय युवा सप्ताहले युवाहरूलाई खेलकुदको क्षेत्रमा उत्प्रेरित र प्रोत्साहित गर्न र शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीलाई राष्ट्रभरि प्रवर्द्धन गर्न प्यान इन्डिया मनाउँदै आएको कुरामा जोड दिए। यसले युवामा नेतृत्व गुणस्तर र सामाजिक उत्तरदायित्व विकास गर्न सक्षम हुने उनले बताए।

उनले माई भारतको बारेमा जानकारी गराउँदै १५ देखि २९ वर्षका युवाहरूलाई वेबसाइटमा आफ्नो दर्ता गर्न आग्रह गरे।

भट्टचार्यले विकसित भारत निर्माणमा युवा शक्तिलाई एकीकृत गर्ने अनौठो प्रयास प्रदान गरेको बताए। यसले युवाहरूलाई आफ्नो पेशामा प्रगति गर्न र सकारात्मक गतिविधिहरू खेती गर्न संलग्नता र अवसर प्रदान गर्दै आइरहेको अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement