वेस्ट पोइण्ट सिनियर सेकेण्डरी स्कूलको ब्रास ब्याण्डले राष्ट्रिय स्तरको ब्याण्ड प्रतियोगितामा प्रदर्शन गर्ने

Screenshot_20240116_212951_Google.jpg

गान्तोक: वेस्ट पोइण्ट सिनियर सेकेण्डरी स्कूल केटा वर्ग (ब्रास ब्याण्ड)-ले ६ नोभेम्बर, २०२३ मा गार्ड्स मैदानमा आयोजित राज्य स्तरीय ब्याण्ड प्रतियोगिता जितेपछि २२ दिसम्बर, २०२३ मा ओडिशामा सम्पन्न भएको जोनल स्तरीय ब्याण्ड प्रतियोगितामा विजयी हुँदै अर्को उपाधि जितेको छ।

ब्याण्डले जोनल स्तरको ब्याण्ड प्रतियोगितामा पहिलो स्थान हासिल गरेको छ भने २१ र २२ जनवरी, २०२४ मा दिल्लीको राष्ट्रिय स्टेडियममा राष्ट्रिय स्तरको ब्याण्ड प्रतियोगितामा भाग लिन पूर्णरूपले तयार छ। उक्त जानकारी पीआईबीले आज प्रेस विज्ञप्तिमा दिएको छ।

७३ वटा विद्यालयहरूमध्ये जोनल स्तरमा सहभागी भएका प्रत्येक जोन (पूर्वी क्षेत्र, पश्चिमी क्षेत्र, दक्षिणी क्षेत्र, उत्तरी क्षेत्र) बाट चार टोलीले क्वालिफाई गरेका छन् अर्थात् कुल १६ ब्याण्ड टोलीले राष्ट्रिय स्टेडियम, नयाँ दिल्लीमा हुने राष्ट्रिय स्तरको ब्याण्ड प्रतियोगितामा भाग लिनेछन्। प्रत्येक श्रेणीमा राष्ट्रिय स्तरका विजेता टोलीले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र पाउनेछन्।

शिक्षा मन्त्रालयले रक्षा मन्त्रालयसँगको सहकार्यमा गणतन्त्र दिवस २०२४ को अवसरमा अखिल भारतीय स्तरमा एक राष्ट्रिय विद्यालय ब्याण्ड प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगिता शुरु भएदेखि २०१७ देखि हरेक वर्ष सयौँ विद्यालयहरूले भाग लिएका छन्। प्रतियोगिता तीन स्तरमा आयोजना गरिएको छ। राज्य/केन्द्र शासित प्रदेश स्तर, क्षेत्रीय स्तर र राष्ट्रिय स्तर हुन्।

सबै प्रतिस्पर्धा स्तरहरूमा निम्नलिखित ४ श्रेणी रहेका छन्ः ब्रास ब्याण्ड केटी ब्रास ब्याण्ड केटा पाइप ब्याण्ड केटी पाइप ब्याण्ड केटा

About Author

Advertisement