पानीट्याङ्कीबाट १० जना दुष्कृति पक्राउ

IMG-20240116-WA0198.jpg

खोरीबारी: खोरीबारीको भारत-नेपाल सिमानाको पानीट्याङ्कीबाट पुलिसले १० जना दुष्कृतिलाई पक्राउ गरेको छ। पक्राउपछि आज आरोपीलाई सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा समिर सरकार, सहदेव अधिकारी, कार्तिक बर्मन, सुजन घोष, मानु घोष, हेमन्त बर्मन, मोहम्मद करिम, अमृत मण्डल, सञ्जीव दास र तापस ठाकुर सामेल छन्। पक्रा परेकाहरू सिलगढी, नक्सलबारी र खोरीबारी निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार पानीट्याङ्कीको नतुन मार्केट इलाकामा गत राति केही दुष्कृतिहरू भेला भएर डकैतीको योजना बनाइरहेको थियो। गोप्य सूचनाको आधारमा पुलिसले अभियान चलाएर १० जना दुष्कृतिलाई पक्राउ गरेको बताइएको छ। यसको साथै पुलिसले दुईवटा हसिया, मार्तोल लगायत विभिन्न हतियार उद्धार गरेको छ। पुलिसले घटनाको जाँच सुरू गरेको छ।

About Author

Advertisement