२७ जुलाईः फूटबलको वैश्विक संस्था फीफाले कतरमा यस साल हुने विश्व कपमा हिस्सा लिने सबै ३२ वटा टीमहरू बस्ने अनि अभ्यास गर्ने स्थलहरूको खुलासा गरेको छ। आउँदो २१ नोभेम्बरदेखि १८ दिसम्बरसम्म हुने यस फूटबल महाकुम्भको निम्ति ईंग्ल्याण्डले अल्कोहल फ्री बीच रिसोर्टको चयन गरेको छ। यसरी नै जर्मनीको टीम वेलनेस रिट्रीटमा बस्नेछ। बेल्जियमको बेस एउटा वाटर पार्क हुनेछ। हरेक टीमलाई आफ्नो आवासको निम्ति धेरैवटा विकल्प दिइएको थियो। विस्तृत निरीक्षणपछि सबै देशहरूले आ-आफ्नो इच्छा अनुसार विकल्प चयन गरेको छ। ईंग्ल्याण्ड, जर्मनी, बेल्जियम, पोर्तुगल जस्ता अधिकांश टीमहरूले नै राजधानी दोहा या त्यसको वरिपरिका स्थलहरू चयन गरेको छ। विश्व कपमा हिस्सा लिने ३२ वटा टीमहरूमा २४ वटा टीम एकार्कादेखि १० किलोमीटरको परिधिमा रहनेछ।
-ईंग्ल्याण्डको टीम दोहादेखि १० माईल दक्षिणमा स्थित अल वकराहमा अल-वकरा होटलमा बस्नेछ। यो फाइभ स्टार रिसोर्ट समुद्र नजिक छ तर खेलाड़ीहरूले यहाँ निवासको अवधि मदपान गर्न सक्नेछैनन्। टुर्नामेण्टका १०-मा आठवटा आयोजन स्थल नजिकै भएको हुनाले टीमले यस स्थललाई रोजेको छ।
-वेल्सको टीम दोहाको डेल्टा होटल्स सिटी सेण्टरमा बस्नेछ, जुन अक्टोबरसम्म खोलिनेछ। त्यहाँ अन साइट स्पा, स्विमिंग पूल, फिटनेस सेण्टर, स्पेनिश रेष्टुरेण्ट आदिको सुविधा छ।
-बेल्जियमको रिसोर्ट निक्कै रोमाञ्चक छ। हिल्टन सल्वा बीचमा स्थित यस रिसोर्टमा थीम पार्क छ। यसमा ५४ वटा राइड्स भएको वाटर एडवेञ्चर पार्क, स्कूबा डाइविंग र गो कार्टिंग छ।
-जर्मनीको टीमले जुलाल वेलनेस सेण्टर चयन गरेको छ। त्यहाँ धेरै हेल्थ ट्रीटमेण्ट उपलब्ध छ।
-गत च्याम्पियन फ्रान्सको टीम दोहाको अल-मेसिला होटलमा बस्नेछ, जुन आफ्नो अरेबियन स्टाइलको डिजाइनले गर्दा विख्यात छ। यस होटलमा एक रात बस्ने भाड़ा डेढ़ लाख रुपियाँ छ। यसमा ३० वटा प्राइवेट पूल छ।
-ब्राजीलको टीमले वेस्टिन दोहा होटल चयन गरेको छ। यो होटल लगभग सबै स्टेडियमदेखि लगभग १७ मिनटको ड्राइवमा रहेको छ। यस सिटी सेण्टर होटलमा चारवटा रेष्टुरेण्ट, तीनवटा स्वीमिंग पूल, एउटा फिटनेस सेण्टर र स्पा रहेको छ।
-अर्जेण्टिना र स्पेनले कतर यूनिभर्सिटीको मामूली आवासलाई विकल्प चयन गरेको छ तर त्यस वरिपरि अभ्यासको निम्ति मैदान रहेको छ। परिसरमा ५२ वटा फूड र कफी बारको विकल्प छ।