भारत र अष्ट्रेलिया टी२० विश्व कपको फाइनलमा पुग्ने पण्टिंगको भविष्यवाणी

२७ जुलाईः पूर्व अष्ट्रेलियाई कप्तान रिकी पण्टिंगले टी२० विश्व कपको फाइनललाई लिएर ठूलो भविष्यवाणी गरेका छन्। उनको भनाइअनुसार, भारत र आयोजक अष्ट्रेलियाले यस साल हुने आईसीसी टी२० क्रिकेट विश्व कपको फाइनल खेल्नेछ अनि एरोन फिञ्चको टीमले रोहित शर्माको कप्तानीमा रहने टीमलाई पराजित गरी फेरि एकपल्ट ट्रफी जित्नेछ। पण्टिंगले गत केही सालदेखि धेरै टी२० क्रिकेटलाई नजिकबाट हेरेका छन्। अष्ट्रेलियाका पूर्व कप्तानले अष्ट्रेलियाई टीममा सहायक प्रशिक्षकको रूपमा काम गरिसकेका छन्। यसको साथमा पण्टिंग गत पाँच सालदेखि आईपीएलमा दिल्ली क्यापिटल्स टीमका मुख्य प्रशिक्षक हुन्। विश्वभरिका सर्वश्रेष्ठ खेलाड़ीहरूलाई नजिकबाट अनि व्यक्तिगत रूपमा चिनेपछि अनि उनीहरूका विश्लेषण गरेपछि दुईपल्टका विश्व कप विजेता कप्तानले कुनै ठूलो आईसीसी ट्रफी जित्नुको निम्ति भाग्य पनि साथमा हुनु पर्ने कुरा स्वीकार गरे। यसको साथमा ४७ वर्षीय पूर्व क्रिकेटरले टी२० विश्व कपमा अष्ट्रेलिया च्याम्पियन हुने अधिक सम्भावना रहेको पनि बताए।
पण्टिंगले एउटा साक्षात्कारमा भने, मेरो विचारमा भारत र अष्ट्रेलिया फाइनल खेल्ने दुईवटा टीम हुनेछ तर ट्रफी अष्ट्रेलियाको झोलीमा जानेछ। पण्टिंगले बताएअनुसार, अष्ट्रेलियालाई घरेलु परिस्थितिहरूका फाइदा प्राप्त हुनेछ। यस मेगा इभेण्टमा भारत र अष्ट्रेलियाको निम्ति सबैभन्दा ठूलो खतरा कुन टीम हुनेछ भन्ने प्रश्नको जवाफमा उनले ईंग्ल्याण्डको नाम लिए। पण्टिंग लामो समयदेखि ब्रेण्डन म्याककुलमको प्रशंसक रहेका छन्। अहिले म्याककुलम ईंग्ल्याण्ड टीमका मुख्य प्रशिक्षक हुन्। नयाँ प्रशिक्षकको रूपमा म्याककुलमको कामसँग पण्टिंग निक्कै प्रभावित छन्। उनले भने, ईंग्ल्याण्डसँग सेतो बलको प्रारूप (फर्मेट)-मा शक्तिशाली टीम छ। टीममा एकाधिक म्याच जिताउने खेलाड़ी छन्। यसैकारण टी२० विश्व कपमा भारत, अष्ट्रेलिया र ईंग्ल्याण्डले असल प्रदर्शन गर्न सक्छ।

About Author

Advertisement