जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाद्वारा झण्डा हल्लाएर गरे शुरु
खरसाङ: शहीदको स्मृतिमा रन फर शहीद खरसाङदेखि शुरु गरिएको छ।
शहीदले माटोको निम्ति बहाएको रगतको स्मृति गर्दै उनै सम्पूर्ण शहीदहरूलाई श्रदाञ्जली दिन्दै अनि उनीहरूको वीर गतिलाई सम्झना गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आयोजना गरेको रन फर हाम्रो सहीद खरसाङको रेलवे स्टेशनबाट शुरु गरिएको छ। आज बिहान ७.३० बजेतिर जीटीए चिफ् एक्जिक्युटिभ अनित थापाले हरियो झण्डा देखाएर शुरु गरिएको छ। यो रन फर हाम्रो शहीद दौड ३२ किलो मिटरको रहनेछ। आजको यस दौडमा भाग लिनेहरूको संख्या लगभग ५०० रहेको आयोजक समितिले जानकारी दिएका छन्। खरसाङबाट शुरु गरिएको उक्त रन फर हाम्रो शहीद दौड दार्जिलिङको भानु भवनमा पुगेर समापन गरिने भएको जानकारी प्राप्त भएको छ। आजको दौड कार्यक्रममा जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाको विशेष उपस्थिति रहेको थियो। यस दौड़मा ड्रग्समाथि सचेतना अभियान चलाउने व्यक्ति प्रेमेस भोटियाको पनि सहभागिता रहेको थियो।

यस दौड़ विषयमा पत्रकारहरूसित कुराकानी गर्दै बिक्रम राईले यो दौड़ शहीदहरूको स्मृतिमा गरिएको बताउँदै पहिला हामीले आयोजना गरेको र यसपाली हामीले खरसाङदेखि दार्जिलिङसम्म ३१.५ किलोमीटरको आयोजना गरेको र यसमा हामीलाई एकदमै राम्रो रेसपोन्स पाएको बताएका छन्। उनले शहीदहरूको स्मृतिमा यो दौड़ आयोजना गरेर शहीदहरूलाई प्रमुखता दिनु चाहेको बताएका छन्।











