इण्डी गठबन्धनको बैठकमा सामेल हुने छैनन् ममता

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः केन्द्रको नरेन्द्र मोदी सरकारविरूद्ध गठित विपक्षी दलहरूको इण्डी गठबन्धनमा केही पनि राम्रो भइरहेको छैन। कंग्रेसको आह्वानमा शनिवार आयोजना भइरहेको भर्चुअली बैठकमा पश्चिम बंगलकी मुख्यमन्त्री एवं तृणमूल कंग्रेस प्रमुख ममता ब्यनर्जी उपस्थित हुनेछैनन्। उनको पार्टी तृणमूल कंग्रेस यस गठबन्धनको अङ्ग हुँदाहुँदै पनि भर्चुअल बैठकमा समेत सामेल हुन उनले अस्वीकार गरेकी छन्।

तृणमूल कंग्रेसका एकजना शीर्ष नेताले आफ्नो नाम उजागार नगरिदिने शर्तमा बताए, कंग्रेसले आफू अनुरूप गठबन्धनलाई सञ्चालन गर्ने प्रयास गरिरहेको छ जुन कुरा तृणमूल कंग्रेसलाई स्वीकार्य छैन। उनले भने, सीट बाँड़फाँड़ सहित अन्य मुद्दाहरूलाई लिएर तत्काल फसेला गर्ने कुरा पटक-पटक भनिरहेको भए पनि कंग्रेसलाई यसको कुनै चिन्ता छैन। उ आफ्नो न्याय यात्रा अनि तृणमूल कंग्रेसमाथि प्रहार गर्नै व्यस्त छ। हामीले आफ्नो नीति स्पष्ट पारिसकेका छौं, यसको अढ़ाई घण्टा बित्दा-नबित्दै कंग्रेसले भर्चुअल बैठकको घोषणा गऱ्यो। बैठकमा कुन-कुन मुद्दाहरूमाथि चर्चा हुन्छ, के कुरा हुन्छ केही पनि तय गरिएको छैन। यसैले बैठकमा सामेल हुनुको कुनै औचित्य छैन।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *