साहित्य अकादमीको तर्फबाट २२ भाषाका लेखकलाई युवा पुरस्कार

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः साहित्य अकादमीको तर्फबाट युवा दिवसको वसरमा २२ भाषाका युवा लेखकहरूलाई२०२३ को निम्ति प्रतिष्ठित युवा पुरस्कार प्रदान गरिएको छ। पुरस्कारको रूपमा ५० हजार रूपियाँको राशि र उत्कीर्ण ताम्र फलक प्रदान गरियो। शुक्रवार कोलकाताको रवीन्द्र सदनमा आयोजित कार्यक्रममा साहित्य अकादमीका अध्यक्ष माधव कौशिकले लेखकहरूलाई सम्मान प्रदान गरे।

कार्यक्रमको शुरूआतमा अकादमीका सचिव डा. के श्रीनिवासरावले प्रशस्ति पाठ गरे जबकि पुरस्कार-अर्पणअघि अकादमीका उपाध्यक्ष प्रो. कुमुद शर्माले पुष्पगुच्छ भेट गरी पुरस्कृत लेखकहरूको अभिनन्दन गरे। पुरस्कृत लेखकहरूमा सामेल छ-जिन्टू गीतार्थ (असमिया), हामिरूद्दीन मिद्या (बाङ्ला), माइनावस्रि दैमारि (बोडो), धीरज कुमार रैना (डोगरी), अनिरुद्ध कनिसेट्टी (अंग्रेजी), अतुल कुमार राय (हिन्दी), मंजुनाथ चल्लुरु (कन्नड), निगहत नसरीन (कश्मीरी), तन्वी श्रीधर कामत बांबोलकार (कोंकणी), संस्कृति मिश्र (मैथिली), गणेश पुत्तूर (मलयालम्), थिङनम परशुराम (मणिपुरी), विशाखा विश्वनाथ (मराठी), नयन कला देवी (नेपाली), दिलेश्वर राणा (ओड़िआ), सन्दीप शर्मा (पञ्जाबी), देवीलाल महिया (राजस्थानी), मधुसूदन मिश्र (संस्कृत), बापी टुडु (सन्ताली), मोनिका पंजवाणी (सिन्धी), राम थंगम (तमिल), तक्केडसिला जोनी (तेलुगु) र तौसीफ खान (उर्दू)। यसमध्ये धीरज कुमार रैना पुरस्कार ग्रहण गर्नको निम्ति उपस्थित हुन सकेनन्। समारोहको शुरूमा अकादेमीका सचिव डा. के श्रीनिवासरावले राष्ट्रिय युवा दिवसको पावन अवसरमा स्वामी विवेकानन्दको विचारहरूलाई रेखांकित गर्दै भने, समाजका सम्यक विकासको निम्ति युवा लेखहरूलाई प्रोत्साहित गरिनु आवश्यक छ।

-हिस

About Author

Advertisement