नगर पालिका नियुक्ति भ्रष्टाचारको मामिलामा ईडीले मन्त्री सुजीतको घरमा चलायो १४ घण्टा खोजी अभियान

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः नगर पालिका नियुक्ति भ्रष्टाचारको जॉंचको क्रममा ईडीले शुक्रवार अग्निशमन मन्त्री सुजीत बोसको श्रीभूमिस्थित घरमा छापा माऱ्यो। त्यहॉं अबेर रातिसम्म खोजी अभियान चलाइयो। ईडी अधिकारीहरूले शनिवार बताए अनुसार, खोजी अभियान लगभग १४ घण्टासम्म चलेको थियो।

ईडी अधिकारीहरूले मन्त्रीको आवासबाट केही महत्वपूर्ण दस्तावेजहरू फेला परेका छन्। केन्द्रिय एजेन्सीका अधिकारीहरू मन्त्रीको आवासबाट निक्लिएपछि सुजीत स्वयं पनि बाहिर आए। सुजीतले दावी गर्दै भने, विवेकानन्दको जन्मदिनको अवसरमा उनको धेरै कार्यक्रमहरू थियो, तर बिहान ईडी घरमा आएपछि सबै कार्यक्रमहरू स्थगित गर्नु पऱ्यो। सुजीतले भने, बिहान सात बजी छोरा आएर भने, बाबा ईडी घरमा आएको छ। मैले भने, ठीकै छ, बस्दै गर भन।

ईडी अधिकारीहरूको छापामारीलाई लिएर नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले भनेका थिए, अब सुजीत बसुले जाडोको लुगा फाटा प्याक गर्दा हुन्छ। उनको इशारा सुजीत अब जेल जान्छ भन्ने तिर थियो। यस विषयमा मन्त्रीले अबेर राति प्रतिक्रिया दिए। उनले भने, मैले जाडोको लुगा फाटा प्याक गरिसकेको छु, किनकि म शनिवारदेखि चार दिनको निम्ति गंगासागर जॉंदैछु।

उल्लेखनीय छ, नगर पालिका नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका बिचौलियाको डायरीमा एस बी कोड पाइएपछि ईडी अधिकारीहरूले शनिवार सुजीत बोसको घरमा छापा मारेको थियो। यस अतिरिक्त, तृणमूलका विधायक तापस राय र एक पार्षदको घरमा पनि खोजी अभियान चलाएको थियो।

-हिस

About Author

Advertisement