गेजिङ-बर्मेकबाट १० परिवार एसकेएममा सामेल

IMG-20240109-WA0232.jpg

गेजिङ: गेजिङ-बर्मेक समष्टिका १० परिवार विपक्षी पार्टीलाई त्यागेर एसकेएम पार्टीमा भए सामेल भएका छन्। कृषि मन्त्री एवं क्षेत्र विधायक लोकनाथ नेपालले उनीहरूलाई पार्टीमा आधिकारिक रूपमा सामेल गराए।

आज सामेल हुनेहरू गेजिङ-बर्मेक समष्टिको मार्तम ग्राम पञ्चायत एकाईस्थित डाँड़ागाउँ आरिथाङ वार्डकाहरू हुन्।

राज्यका कृषि मन्त्री एवं क्षेत्र विधायक लोकनाथ नेपालले आफ्नो पैतृक थलो बर्थाङमा उनीहरूसँग भेट गरी पार्टीमा स्वागत जनाए। मन्त्री नेपालले मुख्यमन्त्री एवं पार्टी अध्यक्ष प्रेमसिंह तामाङको नेतृत्वमा रहेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको समावेशी राजनीतिको महत्वबारे प्रकाश पारे। एसकेएम पार्टी भनेको गरीब जनताको पार्टी रहेको साथै सुशासनको एक उदाहरण रहेको मन्त्री शर्माले विचार पोखे।

About Author

Advertisement