दार्जीलिङ: एनटीपीसीमा कार्यरत् चारजना कर्मचारीहरूलाई नोकारीबाट निकाल्ने काम नगरियोस् भन्ने मांग गर्दै हाम्रो पार्टीले खण्ड विकाश अधिकारीलाई पत्रचार गरेका छन्। गत केही दिन अघि रम्माम हाइड्रो प्रोजेक्टमा कार्यरत् चारजना गाडी चालक कर्मचारीहरूलाई नोकारीबाट हटाउने मांग गर्दै एकजना पञ्चायत समिति सदस्यले आफ्नो लेटर प्याडमा सम्बंटन्धित विभागीय अधिकारीलाई लेखेको पत्र सार्वजनिक भएपछि रम्माम हाईड्रो प्रोजेक्टमा निकै खलबली मच्चिएको छ। यसै सन्दर्भमा पीढीत कर्मचारीहरूले हाम्रो पार्टी केन्द्रीय समिति सदस्य एंव समष्टि अध्यक्ष बुद्व लक्सम समक्ष सहयोगको गुहार लगाएपछि उनले खण्ड विकाश अधिकारी लगायत सम्बन्धित विभागीय अधिकारीहरूलाई पत्रचार गरेका छन्। हाम्रो पार्टीको केन्द्रीय समिति सदस्य एंव समष्टि अध्यक्ष बुद्व लक्समले बताए अनुसार गत २३ नोभेम्बर २०२३ को दिन जीटीए मुख्यालय लालकोठीमा रम्माम हाईड्रो प्रोजेक्टको विषयमाथि त्रिपक्षीय बैठक भएको थियो अनि उक्त बैठकमा १२ सूत्री विषयहरूमाथि सम्झौता भएको छ जसको प्रथम पृष्ठमा नै स्थानीय बासिन्दाहरूलाई रम्माम हाईड्रो प्रोजेक्टमा नोकारी दिने विषयमाथि सहमति जनाएको छ तर पञ्चायत समिति सदस्यले आफ्नो लेटर प्याडमा नोकारीबाट हटाउने मांग गर्दै उल्लेख गरेका नामहरू स्थानीय बासिन्दाहरू नै हुनको साथै रम्माम हाईड्रो प्रोजेक्टको कारणले उनीहरूको जमीनसमेत नोक्सान भएको छ। उनीहरूलाई नै नोकारीबाट हटाउनु पर्ने मांग गर्दै पञ्चायत समिति सदस्यले सम्बन्धित विभागीय अधिकारीहरूलाई पत्रचार गर्नु अति नै दुर्भाग्य रहेको लक्समले बताए। तटउनले अघि भने, यी चारजना कर्मचारीहरूलाई नोकारीबाट अहिलेसम्म नहटाएता पनि उनीहरूको नोकारीमाथि खतरा रहेको लक्समले बताए।









