भाजपा विधायक डीटी लेप्चाले बुझाए राज्यसभा सांसदको निम्ति नामाङकन पत्र

IMG-20240109-WA0229.jpg

गान्तोक: आगामी १९ जनवरीको दिन सम्पन्न हुने राज्य सभा चुनाउको निम्ति भारतीय जनता पार्टीका विधायक डीटी लेप्चाले आज नामाङकन पत्र भरे। उनी नाथाङ माछोङ निर्वाचन क्षेत्रका विधायक हुन् भने आज उनले मुख्यमन्त्री प्रेम सिंह तामाङको उपस्थितिमा नामाङकन पत्र सिक्किम विधानसभाका सचिव एवम रिटर्निङ अधिकारी ललित गुरूङलाई बुझाएका छन्। आज नामाङकन पत्र भर्ने अन्तिम मिति रहेको थियो। यस अवसरमा एसिस्टेन्ट रिटर्निङ अधिकारी कर्मा टी. ग्याछो, अतिरिक्त सीईओ पेमा ल्हादेन लामाको पनि उपस्थिति रहेको थियो। डीटी लेप्चालाई राज्य सभाको सांसदन बनाउनु पर्छ भनेर भाजपाका विधायक डीआर थापा, एनके सुब्बा, वाइटी लेप्चा र विधायक पिन्छो नामग्याल लेप्चाले प्रस्ताव राखेका थिए। भोलि अर्थात १० जनवरीको दिन नामाङकन पत्रको जाँच हुनेछ भने आगामी १२ जनवरी नामाङकन पत्र फिर्ता लिने अन्तिम मिति रहेको छ।

About Author

Advertisement