शीघ्र नै गिनीज बुक अफ वर्ल्ड रेकर्ड्समा अयोध्याको नाम पुनः दर्ता हुनेछ

20231227138L-1-1024x683.jpg

लक्ष्मण घाटदेखि गुप्तार घाट हुँदै निर्मली कुण्डसम्म १०.२ किमीमा ४७० सोलर स्ट्रीट लाइट्स जड़ान गरी गिनीज बुक अफ वर्ल्ड रेकर्ड्समा अयोध्याको नाम दर्ता गराइनेछ

अयोध्या: प्रभु श्रीरामको नगरी अयोध्या अब सूर्यको जस्तै आभाले नव्य-भव्य स्वरूपलाई प्राप्त गर्नका साथै वैश्विक कीर्तिमान स्थापना गर्ने दिशामा द्रूत गतिमा अघि बढ़िरहेको छ। मुख्यमन्त्री योगी आदित्यनाथको भिजन अनुरूप अयोध्यालाई जसरी सोलर सिटीको मोडलको रूपमा प्रोजेक्ट गरिँदैछ त्यसको चाँड़ै नै गिनीज बुक अफ वर्ल्ड रेकर्डमा पनि उल्लेख हुनेछ।

योगीको दिशा-निर्देशनमा बनाइएको विशिष्ट कार्ययोजनालाई क्रियान्वित गर्दै उत्तर प्रदेश नवीन एवं नवीकरणीय उर्जा विकास अभिकरण (यूपीनेडा)-ले यथाशीघ्रै ‘दुनियाँको सबैभन्दा लामो सोलर पावर्ड स्ट्रीट लाइट्स लाइन’ परियोजनालाई पूरा गरी वैश्विक कीर्तिमान स्थापना गर्ने दिशामा तीव्र वेगमा प्रयास गरिरहेको छ। यस परियोजना अन्तर्गत १०.१५ किमीको स्ट्रेचमा ४७० सोलर पावर्ड स्ट्रीट लाइट्स जड़ान गरेर यूपीनेडाले अयोध्याको गौरवगाथामा एउटा नयाँ अध्याय जोड़्न गइरहेको छ। हाल लगभग ७० प्रतिशत काम पूरा भइसकेको छ भने आगामी २२ जनवरीभन्दा अगाड़ि नै निर्धारित लक्ष्यलाई हासिल गरेर वर्ल्ड रेकर्ड कायम गरिनेछ।

शीघ्र नै गिनीज बुक अफ वर्ल्ड रेकर्ड्समा अयोध्याको नाम पुनः दर्ता हुनेछ

अयोध्याको नाम यसै पनि दीपोत्सवको कारणले पहिला नै गिनीज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भइसकेको छ। फेरि सौर उर्जाको माध्यमबाट वर्ल्ड रेकर्ड बनाउने तयारी योगी सरकारले गरेको छ। यस सम्बन्धमा यूपीनेडा परियोजनाका अधिकारी (अयोध्या) प्रवीण नाथ पाण्डेयले बताए, आगामी २२ जनवरीभन्दा पहिला नै अयोध्याको लक्ष्मण घाटदेखि गुप्तार घाट हुँदै निर्मली कुण्डसम्म १०.२ किमीको स्ट्रेचमा ४७० सोलर स्ट्रीट लाइट्स जड़ान गरेर वर्ल्ड रेकर्ड बनाइनेछ। यसको ७० प्रतिशत कार्य पूरा भइसकेको छ भने रहल ३० प्रतिशत पनि चाँड़ै नै पूरा हुनेछ। परियोजना अन्तर्गत लक्ष्मण घाटदेखि गुप्तारसम्म ३१० सोलर लाइट्सलाई इम्प्यानल्ड गरेर रोलआउट गरिसकिएको छ भने गुप्तारघाटदेखि निर्मली कुण्डसम्म १.८५ किमीको स्ट्रेचमा १६० सोलर पावर्ड स्ट्रीट लाइटलाई जड़ान गर्ने काम भइरहेको छ। यी सबै सोलर पावर्ड स्ट्रीट लाइट एलईडी बेस्ड छन् जसले ४.४ वाट पावरमा काम गर्छ तथा स्मार्ट टेक्नोलजीयुक्त छ।

सऊदी अरबको मलहमको रेकर्डलाई ध्वस्त पारिनेछ

योगी सरकारद्वारा सौर उर्जा चालित परियोजनाको माध्यमबाट जुन विश्व रेकर्डलाई पछि पार्ने प्रक्रिया अन्तर्गत काम भइरहेको छ त्यो हाल सऊदी अरबको मलहमको नाममा दर्ता छ। यहाँ वर्ष २०२१ मा ‘लङ्गेस्ट लाइन अफ द सोलर पावर्ड स्ट्रीट लाइट्स’- को रूपमा गिनीज बुकमा रेकर्ड कायम गरिएको थियो। मलहमको ९.७ किमी स्ट्रेचमा ४६८ सोलर पावर्ड लाइट जड़ान गरेर वैश्विक कीर्तिमान स्थापित गरेको थियो भने अब योगी सरकारको भिजन अनुसार अयोध्यामा १०.२ किमी स्ट्रेचमा ४७० सोलर पावर्ड लाइट जड़ान गरेर यस रेकर्डलाई ध्वस्त पारिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *