गोरामुमो कालेबुङ द्वारा सांङ्ठनिक बिस्तारमा तिब्रता

IMG-20240109-WA0142.jpg

कालेबुङ: गोरामुमो कालेबुङ द्वारा आफ्नो सांङ्ठनिक बिस्तारमा तिब्रता दिदै समष्टिलाई बलियो बनाउन हेतु आफ्नो कार्यक्रमहरुलाई अगि बडाइरहेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। गोरामुमो केन्द्रीय समिति , गोरामुमो कालेबुङ कार्यकारिणी समिति अनि गोरायुमो कालेबुङ ब्राञ्च कमिटीको पहलमा इच्छे बस्ती बर्मेक सार्वजनिक भवनमा सांङ्ठनिक सभा बस्यो।

केन्द्रीय समिति सेक्रेटरी जनरल दावा शेर्पाको प्रमुख उपस्तिथिमा गोरायुमो कालेबुङ ब्राञ्च कमिटी अध्यक्ष बुद्ध तामाङ, गोरामुमो कार्यकारिणी समितिका सदस्यगण, केन्द्रीय समिति सदस्यगण गोरायुमो सदस्यगण लगायत गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको केन्द्रीय समिति सदस्य मणि कुमार खवासले आफ्नो बिज्ञप्ति जारी गर्दै जानकारी गराएका छन्।

उनले थप जानकारी गराए अनुसार गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशन अनुसार कालेबुङका सम्पुर्ण समष्टिहरुलाई बलियो बनाउनको निम्ति गोरामुमो कालेबुङले आफ्नो कार्यक्रमहरु व्यापक रुपमा अगि बडाउने निर्णय लिएको कारण २६ नम्बर समष्टिको पहलमा २५ अनि २६ नम्बर समष्टिलाई पुनः गठन गरिएका छन्। यो एउटा कुनै चुनावी पहलको निम्ति होइन तर अध्यक्ष मन घिसिङको हातलाई बलियो बनाउनको निम्ति हो। किनभने गोरामुमो मात्र जाति र माटोको उन्मुक्तिको निम्ति कार्य गरिरहेका छन्।

गोरामुमो नाली झोडा, कमिसन अनि ठेक्का पट्टाको निम्ति जन्मेको दल होइन जाति र माटोलाई न्याय दिलाउनको निम्ति जन्मेको दल हो आजको दिन सम्म गोरामुमोले केवल गोर्खा जातिको उन्मुक्तिको निम्ति कार्य गरिरहेका छन् यसकारण अध्यक्ष मन घिसिङको नेतृत्वमा गोर्खा जातिले न्याय पाउने छ भनी हामी आस्वस्त छौं भनी मणि कुमार खवासले आफ्नो बिज्ञप्तिमा जाहेर गरेका छन्।

About Author

Advertisement