सिलगढी: सिलगढीको ३४ नम्बर वार्डस्थित डीएस कोलनीमा एउटा घरमा गत अबेर राति आगलागी हुँदा घर जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार डीएस कोलनी निवासी प्रमिला पासवानको घरमा गत अबेर राति लगभग २ बजी आगो लागेको थियो। घरमा आगो लागेको देखेपछि परिवारका सदस्यहरू घरबाट बाहिर निस्के। यसको साथै तिनीहरूले कुनै प्रकारले ग्यास सिलेन्डर बाहिर निकाले तापनि आगोले सबै जलेर खरानी भएको बताइएको छ। घटनाको खबर पाएर दमकलको २ वटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो।

केही दिनपछि प्रमिला पासवानको छोरीको बिहे थियो। घरमा राखेको लगभग १ लाख २० हजार नगद राशि, सुनको बहुमूल्य गर-गहना जलेर खरानी भएको छ। यसको साथै घरको अन्य सर-समान, आवश्यक कागजपत्र पनि आगलागीमा जलेर नष्ट भएको बताइएको छ।










