सिलगढी महकुमा परिषदको २२ वटा ग्राम पञ्चायतको बोर्ड गठन शुरू

सिलगढी: सिलगढी महकुमा परिषदको २२ वटा ग्राम पञ्चायतहरूको बोर्ड गठन शुरू भएको छ। आज नक्सलबारी ब्लक प्रशासनले बोर्ड गठनको काम शुरू गऱ्यो। लोवर बाघडुग्राको २१ वटा आसनमध्ये तृणमूलले १७, वामफ्रन्टले ०१ र भाजपाले ०३ वटा आसनमा जीत हासिल गरेको छ। लोवर बाघडुग्रामा आज तृणमूल कङ्ग्रेसको बोर्ड गठन गरियो। बीथी दास तालुकदार लोवर बाघडुग्राको प्रधान अनि विश्वजीत घोषलाई उपप्रधान चयन गरिएको छ। नवनिर्वाचित प्रधान र उपप्रधानलाई फुल गुच्छा तथा मिठाई प्रदान गरेर सम्मान जनाइयो। यस अवसरमा नवनिर्वाचित प्रधान र उप प्रधानहरूले भने, ममता ब्यानर्जीको विकास कार्यहरू इलाकाको घर-घरमा पुऱ्याउने कार्य गर्नेछु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement