गोरुबथान खण्ड विकास अधिकारीलाई ज्ञापन पत्र

गोरुबथान: सय दिने रोजगारको रकम प्राप्त नभएपछि सर्वसाधारणलाई निकै मर्का परेको छ। धेरै मानिसहरू यसै सय दिने रोजगारमाथि निर्भरशिल छन्। काम गरे तापनि हालसम्म पैसा नपसेपछि मानिसहरू मर्कामा परेका छन्। यस्तो स्थितिलाई अवगत गराउँदै आज संघ संस्था र समाजका केही जागरुक मानिसहरू, सुपरभाइजर तथा श्रमिकहरू मिलेर गोरुबथान खण्ड विकास अधिकारीलाई एक ज्ञापन पत्र चडाएको छन्। यस विषयमा उच्च अधिकारीहरूलाई चाँडै जनाइ दिएर यस समस्याको समाधान गरिदिया जावोस भनि विनम्र अनुरोध गरेको छन्‌।

About Author

Advertisement