युथिका खासनविश बनिन् आठाराखाई ग्राम पञ्चायत प्रधान

सिलगढी: शिव मन्दिरको आठारोखाई ग्राम पञ्चायतको बोर्ड गठन गरिएको छ। यस ग्राम पञ्चायतको मोठ ३० वटा आसनमध्ये तृणमूल कङ्ग्रेस १९, भाजपा ०७, कङ्ग्रेस ०२, सीपीएम ०१ र निर्दलीय पार्टीले ०१ आसन दखल गरेको छन्। तृणमूल कङ्ग्रेसकी युथिका (राय) खासनविशलाई आजको सभामा सर्वसम्मतिले पन्चायत प्रधान र मिन्टु दासलाई पन्चायत उप प्रधानको रूपमा चयनित गरेको छ। यस प्रक्रियामा कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्यले विशाल पुलिस वाहिनी पनि तैनाथ गरिएको थियो। यस अवधि दार्जीलिङ जिल्ला तृणमूल कङ्ग्रेसकी सभानेत्री पापिया घोषको विशेष उपस्थित रहेको थियो।पापिया घोषले भनिन्, पार्टीद्वारा प्रस्तावित नामलाई सर्वसम्मतिले प्रधान चयन गरिएको हो। पार्टी विरोधी कार्य गर्नेहरूविरुद्ध पार्टीले कार्वाही गर्नेछ। आगामी दिनमा सबै मिलेर इलाकाको विकासको लागि काम गर्ने तिनले बताइन्।

About Author

Advertisement