कालचिनी: कालचिनी गोरेलाईनका सड़कमा हिँड़िरहेको एकजना स्थानीय थाना लाईन बासिन्दा शंकर दर्जी नामक व्यक्तिलाई एउटा अज्ञात वाहनले पछिल्तिरबाट धक्का दिँदा उक्त व्यक्ति सड़कमा नै मुर्छित भएको थियो भने घटनास्थलमा कालचिनी थानाको पुलिसबल पुगेर उक्त व्यक्तिलाई उद्धार गरेर उत्तर लोथाबारी ग्रामीण अस्पतालमा लैजाँदा तिनको मृत्यु भएको चिकित्सकहरुले घोषणा गरेको थियो।
पुलिसले उक्त दुर्घटना गर्ने वाहनको खोजी चलाईरहेको बताएका छन।











