नयाँ वर्षमा इसरोले लञ्च गर्नेछ एक्स-रे पोलारिमीटर स्याटलाइट

Sattelite-copy

नयाँ दिल्ली: भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले ब्ल्याक होल जस्तो अन्तरिक्ष घटनाक्रमलाई बुझ्नको लागि आफ्नो पहिलो एक्स-रे पोलारिमीटर स्याटलाइट सोमवार लञ्च गर्नेछ। यसपूर्व अक्टोबरमा इसरोले गगनयानको टेस्ट व्हीकल डी1 मिशनलाई सफलतापूर्वक पूरा गरेको थियो। इसरोका अनुसार एक्स-रे पोलारिमीटर स्याटलाइटको प्रक्षेपण प्रथम लञ्च-प्याड, एसडीएससी-शार, श्रीहरिकोटाबाट १ जनवरीको बिहान ९:१० बजे निर्धारण गरिएको छ। मिशन लञ्चलाई प्रत्यक्ष हेर्न सकिन्छ। इसरोको भनाइ छ, यसको उद्देश्य चरम स्थितिहरूमा चम्किलो खगोलीय एक्स-रे श्रोतहरूको विभिन्न गतिशीलताको अध्ययन गर्नु हो। विभिन्न खगोलीय श्रोतहरू जस्तै ब्ल्याकहोल, न्यूट्रन तारा, सक्रिय ग्यालेक्टिक नाभिक, पल्सर पवन निहारिका आदिको उत्सर्जन तन्त्र जटिल भौतिक प्रक्रियाहरूबाट उत्पन्न हुन्छ र यसलाई बुझ्नु चुनौतीपूर्ण छ। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *