आईआईटी बीएचयूकी छात्रासित दुष्कर्मका आरोपी तीन युवक पक्राउ

Hand-Cuff-3-2

वाराणसी: आईआईटी बीएचयूकी छात्रासित गत १ नोभेम्बरको राति भएको सामूहिक दुष्कर्मको आरोपमा तीन युवकलाई पुलिसले पक्राउ गरेको छ। युवकबाट घटनामा प्रयोग गरिएको बुलेट मोटरसाइकल पनि जफत गरिएको छ। घटना पश्चात क्राइम ब्राञ्च तथा पुलिस टीमले १९० भन्दा अधिक सीसीटीभी क्यामराको फुटेज जाँच गरेर सर्भिलन्स रिपोर्टको आधारमा तीनैजनालाई पक्राउ गऱ्यो। पुलिसका अनुसार आरोपीको पहिचान बृज एनक्लेव कलोनी सुन्दरपुर निवासी कुणाल पाण्डेय, जिवधीपुर बजरडीहा निवासी आनन्द उपनाम अभिषेक चौहान र सक्षम पटेलको रूपमा भएको छ।

आईआईटी बीएचयूकी छात्रा होस्टलदेखि गत १ नोभेम्बरको राती लगभग साढ़े एक बजे होस्टलदेखि बाहिर निस्किएकी थिइन्। छात्रा पैदल हिँड़्दै केही टाड़ासम् पुगिन् र त्यसै अवधि उसको सहपाठी साथीसित पनि बाटोमा भेट भयो। दुवै बातचित गर्दै पैदल परिसरस्थित करमनबीर बाबा मन्दिर नजिक पुगेका थिए, अचानक एक बुलेटमा सवार तीन युवक त्यहाँ आइपुगे अनि हतियार देखाएर छात्राको साथीलाई कुटपिट गरेर त्यहाँबाट खेदे। त्यसपछि छात्रालाई समातेर मन्दिरको कुनामा पुऱ्याए। त्यहाँ हतियारको बलमा ती युवकहरूले छात्रासित दुष्कर्म गरेको आरोप छ। आरोपीहरूले छात्राको भीडियो पनि बनाए। उसको मोबाइल पनि खोसे। छात्रा त्यहाँबाट मुस्किलले छात्रावासमा पुगेर साथीहरूलाई घटनाको जानकारी गराइन्। घटना घटेको दोस्रो दिन बीएचयूका विद्यार्थीहरूले आरोपीलाई पक्राउ गर्नुपर्ने मागमा विगत केही दिनदेखिको प्रदर्शन गरिरहेका थिए। -हिस

About Author

Advertisement