रम्फूमा राम मन्दिरको उदघाटनलाई लिएर तयारी

IMG-20240101-WA0003.jpg

गान्तोक: २२ जनवरीमा अयोध्याको नवनिर्मित मन्दिरमा भगवान रामलाई विराजमान गराइनेछन्। त्यसदिन अयोध्यामा हुने महान् पर्व र अनुष्ठानको प्रतिक्षामा सम्पूर्ण देशवासी रहेको छ। यस अवसरमा देशका लाखौं मन्दिरमा विशेष पूजा–आराधनालगायतका कार्यक्रम गरिने भएको छ। सिक्किममा मन्दिरको उद्घाटनलाई लिएर रामभक्तहरू अति उत्साहित छन्। राज्यका विभिन्न स्थानमा दिनहुँ सभा आयोजना गरी उद्घाटन समारोहलाई आमजनतामा पुऱ्याउन व्यापक तयारी सुरु गरिएको छ। जनवरीदेखि राज्यका सयौं कार्यकर्ता घरदैलो आमन्त्रण गर्न को निम्ति निस्किनेछन। श्रीराम भक्त कार्यकर्ताहरूले श्रीराम मन्दिरमा पुजा गरिएको नवनिर्मित राम मन्दिरको तस्बिर वितरण गर्दै आमन्त्रण गर्न घर घरमा पुग्नेछन भने जनवरी २२ पछि भगवान रामको दर्शन गर्न अयोध्या पुग्न अपिल गर्नेछन्। यो अक्षतलाई देशभरका १३ करोडभन्दा बढी परिवार अर्थात् ६५ देखि ७० करोड जनतामा पुऱ्याउने तयारी भइरहेको छ। रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टद्वारा जनवरी १५ सम्म चलाइने यो अभियानलाई लिएर सिक्किममा पनि व्यापक उत्साह छ। विभिन्न ठाउँमा बैठक साथसाथै अक्षत र नवनिर्मित राम मन्दिरको तस्वीर वितरणको निम्ति अधिकांश गाउँहरुमा पुगिसकेको छ। अहिले वितरण योजना लगभग बनिसकेकोले नयाँ वर्षको सुरुवातसँगै यो कामलाई पूर्ण उत्साहका साथ थाल्ने कार्यक्रम घोषणा गरिएको छ। २२ जसंवरी उद्घाटनको ऐतिहासिक क्षणको दिन राज्यका विभिन्न स्थानमा विभिन्न किसिमका ठूला कार्यक्रम पनि आयोजना गरिने भएको छ। सिक्किमको मुख्य प्रवेशद्वार रम्फू यसमा अभियानको तयारी सुरु भएको छ।

About Author

Advertisement