कोलकता: कोलकता हाई कोर्टको आदेशमा पश्चिम बंगालको शिक्षक नियुक्तिमा भ्रष्टाचारको मामिलामा पक्राउ परेका राज्यका तत्कालीन शिक्षा मन्त्री र ममता क्याबिनेटमा उद्योग मन्त्री पार्थ च्याटर्जीलाई आज बिहान प्रवर्तन निदेशालय (ईडी) को टीमले ओडिशाको भुवनेश्वर लिएर गयो।
एसएसकेएम अस्पतालबाट एम्बुलेन्समा पार्थलाई कडा सुरक्षाबीच कोलकाता हवाई अड्डा पुऱ्याइयो। त्यहॉंबाट एयर एम्बुलेन्समा उनलाई भुवनेश्वर पठाइयो। भुवनेश्वर एम्समा उनको जॉंच हुनेछ। यसपछि मात्र उनलाई कोर्टमा पेश गरिने छ।
ईडीका अधिकारीहरूले भने, भर्चुअल माध्यमले सॉंझ ४ बजी पार्थ च्याटर्जीलाई कोर्टमा पेश गरिने छ। ईडी सुत्रहरूले जानकारी दिए अनुसार, शनिवार पक्राउको समय पार्थ च्याटर्जीले आफ्नो पक्राउ ज्ञापनमा मुख्यमन्त्री ममता ब्यानर्जीको नाम दिएका छन्। वास्तवमा, नियम अनुसार यदि कसैलाई पक्राउ गरिन्छ भने त्यस व्यक्तिको नाम, ठेगाना र सम्पर्क नम्बर लिइनछ, जसलाई उनी हिरासतको समय सम्पर्क गर्न चाहन्छन्। उक्त व्यक्तिको नाममा पार्थ च्याटर्जीले मुख्यमन्त्री ममता ब्यानर्जीको नाम लेखेका छन्।
शुक्रवार र शनिवार ईडीका अधिकारीहरूले २८ घण्टासम्म नाकतलास्थित पार्थको आवासमा तलासी अभियान चलाएको थियो। त्यहॉंबाट धेरै महत्वपूर्ण दस्तावेज प्राप्त भएको छ। ग्रुप डी र सी नियुक्तिसित सम्बन्धित दस्तावेज पनि पार्थको घरबाट भेटिएको छ। उनको घरबाट अर्पिता मुखर्जीको नाम, ठेगाना, फोन नम्बर र अन्य दस्तावेजहरू पनि पाइएको छ।
ईडीको पक्षमा एडिशनल सलिसिटर जनरल एसवी राजूले कोर्टमा पार्थले डन सरह व्यवहार गरिरहेको र सोधपुछमा सहयोग नगरेको बताए। बैंकशाल कोर्टमा उनको पेशीको समय ईडीले उनको स्वास्थ्य जॉेंचको निम्ति कमाण्ड अस्पताल अथवा ईएसआई जोकामा भर्ती गर्ने माग गरेको थियो, तर कोर्ट मानेन। यसपछि, कोलकाता हाई कोर्टले पार्थको चिकित्सकीय जॉंचको निम्ति भुवनेश्वर एम्स पठाउने आदेश दियो।