नयाँ दिल्लीः देशका १५औं राष्ट्रपतिको रूपमा आज श्रीमति द्रौपदी मुर्मूले एउटा भव्य समारोहबीच शपथ ग्रहण गरिन्। श्रीमति द्रौपदी मुर्मू देशका पहिलो आदिवासी महिला राष्ट्रपति बनिन् भने यसको साथै देशको दोस्रो महिला राष्ट्रपति हुन्। तिनलाई सर्वोच्च न्यायालयका मुख्य न्यायाधीश जस्टिस एनभी रमनाले राष्ट्रपति पद अनि गोपनीयताको शपथ दिलाए।

आज बिहान १० बजी द्रौपदी मुर्मूले संसद भवनको सेन्ट्रल हलमा पुगेर देशको सर्वोच्च संवैधानिक पदको शपथ लिइन्। यस अवसरमा तिनलाई २१ तोपको सलामी दिइयो। शपथ ग्रहण समारोहमा आज अवकाश ग्रहण गरेका पूर्ण राष्ट्रपति रामनाथ कोविद लगायत प्रधानमन्त्री नरेन्द्र मोदी, देशका शीर्षस्थ पदाधिकारीगण तथा विभिन्न राज्यका मुख्यमन्त्रीहरू पनि उपस्थित थिए।










