सुकना: पानीघट्टा समष्टिका सभासद परेश तिर्कीले क्षेत्रका विविध समस्याहरू बुझ्दै आफ्नो कार्यलाई गति प्रदान गर्नथालेका छन्। यसै क्रममा, सोमवार सभासद् तिर्कीले सिमलबारी चियाबारी प्राथमिक पाठशालाको भ्रमण गर्दै त्यहाँको बुनियादी समस्याहरूबारे जानकारी लिने काम गरे। सिमलबारी प्राथमिकी पाठशालाका प्रधान अध्यापिका अनि शिक्षकहरूसित उनले बैठक पनि गरे।

अर्कोतिर, खरसाङमा हरिजन समाजका सदस्यहरूसित बैठक गर्दै सभासद् तिर्कीले हरिजन समुदायका अवस्था बुझ्ने काम गरे। आफूले सबै समुदायलाई लिएर कार्य गर्दै जाने सभासद् तिर्कीले बताएका छन्।










