दैलोमा प्रशासन अभियान टोली दुर्गम गाउँमा

IMG-20231225-WA0292.jpg

गान्तोक: दैलोमा प्रशासन कार्यक्रम अन्तर्गत योक्समका महकुमा अधिकारी छिरिङ टी. भोटियाको पहलमा दुर्गम क्षेत्रका मानिसहरूको कागजी कार्य अर्थात दस्तावेजको समस्या समाधान हेतु पहल शुरू गरेका छन्। विशेष गरेर जनतालाई घरमा नै सेवा पुऱ्याउने सोंच राखेर यो पहल शुरू गरिएको हो। कतिपय दस्तावेजहरूमा गल्ती भएको हुनाले जनताले आफ्नो काम गर्न नसकेको कुरालाई ध्यानमा राख्दै जनतामा देखिएको यस प्रकारको समस्या समाधानको निम्ति महकुमा कार्यालयले यो पहल शुरू गरेको हो। महकुमा अधिकारीको नेतृत्वमा गएको टोलीले दुर्गम क्षेत्र कर्जी- मागनाम, धुप्पी-नरखोला र कोङग्री- लाब्दाङ ग्राम पञ्चायत यूनिटको भ्रमण गर्दै जनताको काम गरेको बताइएको छ। तीन दिने यस भ्रमणको क्रममा योक्सम टाशीडिङ महकुमा अन्तर्गत गाउँका मानिसहरूको सकेसम्म सबै कामहरू गरेर सेवा पुऱ्याएको छ। गत २२-२४ दिसम्बर तीन दिन निरन्तर महकुमा कार्यालयको टोलीले स्थानीयहरूको गुनासो साथै समस्या पनि सुनेर समाधान गरिदिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement