एसडीएफ पार्टीमाथि गरेको दोषारोपण संवैधानिक अधिकारमाथि अतिक्रमण: एसडीएफ

n568508848170351296024815ecdda04464ba841aa958563a60354f855f402d109844c9b7f3673368ed1b15.jpg

नाम्ची: किराँत राई जातिको महान् पर्व साकेवालाई लिएर एकेआरएसका पदाधिकारीहरू र मुख्यमन्त्रीका राजनीतिक सचिवले पत्रकार सम्मेलनमार्फत् एसडीएफ पार्टीले राजनीतिकरण गर्यो भनेर दोषारोपण गरेकोमा एसडीएफ पार्टीले घोर आपत्ति जनाउँदै यसको भर्त्सना गरेको छ।

एसडीएफल आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, धर्मनिरपेक्ष देशमा प्रत्येक नागरिकहरूले आ-आफ्ना धर्म, परम्परा, रीति-थितिलाई पालन गर्न पाउँदछ। आफ्नो संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र उत्थानका लागि पर्व मनाउन पाउने सबै जाति र सुमुदाय अथवा नागरिकहरूको संवैधानिक अधिकार हो। यस अधिकारलाई संविधानको धारा २५ -ले सुनिश्चित गरेको छ। साकेवा पर्व किराँत राई समुदायको विशुद्ध जातीय एवं सांस्कृतिक पर्व हो। यो पर्व प्रत्येक नागरिकले पालन गर्नपाउने अधिकार संविधानले सुनिश्चित गरेको छ।

तर, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले यस पर्वलाई लिएर एसडीएफ पार्टीमाथि गरेको दोषारोपणले संवैधानिक अधिकारमाथि अतिक्रमण गरेको एसडीएफले बताएको छ। प्रेस विज्ञप्तिमा अघि भनिएको छ, हरेक राजनैतिक पार्टीमा विभिन्न धर्म, संस्कृति, परम्परा र भाषिक अनुपालन गर्ने सदस्यहरू अवश्य रहन्छन्। कुनै पार्टीमा आस्था राख्ने सदस्यको अगुवाइमा त्यो जाति समुदायको सांस्कृतिक पर्व आयोजन भएको छ भन्दैमा त्यो पर्व पार्टीले मनाएको हो भन्ने तर्क नितान्त कुन्ठित मानसिकताबाट निस्किएको अवैज्ञानिक, समाजविरोधी, संस्कृतिविरोधी र जाति विरोधी कुतर्क हो। उहाँहरूको बयान नै राजनीतिप्रेरित छ।

अर्कोतिर, पवन चामलिङको विरोध गर्नका निम्ति राजनीतिक सचिवले एकेआरएसको ब्यानरको दुरुपयोग गरेको एसडीएफले आरोप लगाएको छ।

About Author

Advertisement