रसायन शास्त्रमा विद्यावारिधि गर्ने मङपूको छोरा डा. सागरमणि रसाईलीलाई सम्बर्ध्दना

IMG-20231225-WA0266.jpg

मंङ्पु: रसायन शास्त्रमा विद्यावारिधि उपाधिले विभूषित मङपूको छोरा डा सागरमणि रसाईलीलाई सम्बर्ध्दना जनाइएको छ। मङ्पुको स्व बीबी बराईली स्मृति सार्वजनिक भवनमा विश्वकर्मा समाज, मड्पुको तत्वधानमा समाजका सभापति जितेन्द्र रसाइलीको सभापतित्वमा डा. सागरमणि रसाइलीलाई सम्बर्द्धना जनाउन एक कार्यक्रम सम्पन्न गरियो। समारोहमा गोपाल लामिछाने, ब्यवस्थापक, सरकारी सिन्कोना बगान प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने सरस्वती उच्चतर माध्यमिक विद्यालय मडिपुका पूर्व एवं वर्तमान शिक्षक- शिक्षिकागण एवं मड्पुका वयोवृद्ध समाज सेवीगण तथा बौद्धिक जमातको विशेष उपस्थिति रहेको थियो। समारोहमा प्रमुख आकर्षण राकेश रसाइलीको निर्देशन एवं खगेन्द्र बराईलीको लेखनमा तयार पारिएको डा. सागरमणि रसाइलीको जीवनीमाथि एक पटकथा डकुमेन्ट्रीको रुपमा प्रस्तुत गरिएको थियो।

नन्द लामिछानेकृत सम्बर्द्धना पत्र प्रमुख अतिथिको बाहुलीबाट एवं स्मृति भेट शिक्षक केबी गिरीको बाहुलीबाट डा सागरमणि रसाइलीलाई प्रदान गरियो। समारोहमा विभिन्न रंगारंग कार्यक्रमको पनि आयोजना गरिएको थियो।

About Author

Advertisement