हरमनप्रीत कौरको टोलीले इतिहास रच्यो

Untitled-1-copy-71

पहिलो पटक अष्ट्रेलियालाई टेष्ट क्रिकेटमा हरायो

हरमनप्रीत कौरको नेतृत्वमा रहेको भारतीय टोलीले मुम्बईको वानखेडे स्टेडियममा इतिहास रच्यो। भारतले एकमात्र टेष्ट खेलमा अष्ट्रेलियालाई ८ विकेटले पराजित गरेको छ। अष्ट्रेलिया विरुद्ध भारतको यो ऐतिहासिक जित हो। अस्ट्रेलियाविरुद्धको टेस्टमा भारतीय महिला टोलीले पहिलो पटक जित हासिल गरेको छ। पाहुना टोलीले चौथो र अन्तिम दिन दिएको ७५ रनको लक्ष्य भारतले दुई विकेटको क्षतिमा पुरा गरेको हो। स्मृति मन्धनाले ऐतिहासिक विजयी चौका प्रहार गरेकी छन्।

चौथो दिनको पहिलो सत्रमा नै भारतीय बलरले अस्ट्रेलियाको दोस्रो इनिङ्स २६१ रनमा अलआउट गरेको थियो। स्नेह राणाले चार विकेट लिए। राजेश्वरी गायकवाड र हरमनप्रीत कौरले २/२ सफलता हात पारे। अष्ट्रेलियाले पाँच विकेटमा २३३ रनको अग्रता लिएर चौथो दिनको सुरुवात गरेपनि एश्ले गार्डनर र एनाबेल सदरल्याण्ड आउट भएपछि पाहुना टोलीको इनिङ्स खस्कियो। अन्तिम दिन भारतीय बलरले २८ रनमै अष्ट्रेलियाको ५ विकेट लिएका थिए।

७५ रनको लक्ष्य
यसअघि अष्ट्रेलियाले पहिलो इनिङ्समा २१९ रन बनाएको थियो तर भारतले पहिलो इनिङ्समा ४ सय ६ रन बनाएर बलियो अग्रता लिएको थियो। अस्ट्रेलियाको दोस्रो इनिङ्स पनि भारतीय बलरले तुरुन्तै रोक्यो। जसका कारण भारतले पहिलो इनिङ्समा बलियो अग्रताका आधारमा ७५ रनको सहज लक्ष्य पाएको थियो।

मन्धनाको शानदार पारी
जितमा भारतीय टोलीको सुरुवात निकै खराब रह्यो। भारतको पहिलो विकेट शेफाली वर्माको रुपमा झरेको थियो। त्यसपछि मन्धनाले ऋचा घोषसँगको साझेदारी गर्दै भारतको इनिङ्सलाई ५५ रनमा पु्ऱ्याइन। ऋचा पनि १३ रन बनाएर प्याभिलियन फर्किइन्। यसपछि मन्धानाले जेमिमाह रोड्रिग्जको समर्थन पाए र उनीहरूले मिलेर भारतलाई ऐतिहासिक जितको दह्रोमा ल्याए। मन्धनाले ६१ बलमा ३८ र जेमिमाहले १२ बलमा अविजित १२ रन बनाएकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement