मुख्यमन्त्रीले गरे मोनिका राई र विवेक बस्नेतको परिवारसँग भेट

IMG-20231225-WA0000.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज उनको सरकारी निवास मिन्तोकगाङमा तुरूक निवासी विवेक बस्नेत र पाकिम निवासी मोनिका राईको परिवारसँग भेट गरे। भेटको क्रममा मुख्यमन्त्री तामाङले यी दुवै जना कलाकारलाई सांगीतिक यात्राको निम्ति शुभकामना दिँदै आफ्नो तर्फबाट सबै प्रकारको सहयोग प्रदान गर्ने आश्वासन दिए।

उल्लेखनीय छ, नेपालमा सञ्चालन भइरहेको रियालिटी शो- भोइस अफ् नेपालको सिजन 5 मा राज्यका यी दुई कलाकारले सहभागिता जनाएका छन् भने हाल यी दुई कलाकार टप ८ मा पुगेका छन्। हाम्रो वार्ता टेलिभिजनद्वारा आयोजित सिक्किम आइडलमा पनि मोनिका राईले सहभागिता जनाएकी थिइन् भने उनले सो कार्यक्रममा उत्कृष्ट प्रदर्शन पनि गरेकी थिइन्।

About Author

Advertisement