विवाहको प्रलोभन देखाएर शारीरिक शोषण गर्ने युवक पक्राउ

b406b27c-a730-4aa6-ab11-2d58b362119b

सिलगढीः विवाहको प्रलोभन देखाएर बालिकालाई शारीरिक शोषण गरेको आरोपमा दगापुरका एक युवकलाई पुलिसले पक्राउ गरेको छ। २४ वर्षीय युवकको नाम उमेश यादव हो। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरियो। उमेश र एक युवती प्रेममा रहेको आरोप छ। उमेशले युवतीलाई विवाह गर्ने प्रलोभन दिएका थिए। बिहेको प्रलोभन देखाएर ६ महिनादेखि उनीसँग शारीरिक सम्बन्ध राख्दै आएको थियो। युवतीले बिहेको जिद्दी गर्न थालेपछि उमेशले सुरुमा हिचकिचाए तर थप जिद्दी गरे युवतीलाई मार्ने धम्की दिए। त्यसपछि युवतीले सिलगढी महिला पुलिस चौकीमा एफआइआर दर्ता गराइन् । युवतीको प्राथमिकको आधारमा जाहेरीका आधारमा पुलिसले उमेश यादवलाई गएराति महानगरको मुख्य इलाकाबाट पक्राउ गरेको हो। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरियो।

About Author

Advertisement