बस चालकहरूको संगठऩले पुराना बसहरूको परमिटको समयसीमा बढ़ाउने माग गरे

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः पश्चिम बंगालमा निजी बस सञ्चालकहरूका दुई प्रमुख संघहरूले स्टेज केरिज परमिट भएको १५ वर्ष पुरानो बसहरूलाई चरणबद्ध तरीकाले हटाउने समयसीमा थप दुई वर्ष बढ़ाउने राज्य परिवहन विभागसित आग्रह गरेको छ। दुई संघमद्ये एक ‘द ज्वोइन्ट काउन्सिल अफ बस सिन्डिकेट’ ले परिवहन विभागका वरिष्ठ अधिकारीहरूलाई लेखेको एउटा चिट्ठीमा कोरोना महामारी र लकडाउनको कारण बस तथा मिनी बसहरू लगभग तीन वर्षसम्म खड़ा रहेको थियो भन्दै समयसीमालाई थप दुई वर्षका लागि बढ़ाउने आग्रह गरेको छ।

परिवहन मन्त्री स्नेहाशीष चक्रवर्तीले भने, सरकार स्थितिसित अवगत छ र यस्ता कदमहरूमाथि विचार गरिरहेछ, जुन पर्यावरणका मुद्दाहरू पनि प्रभावी हुनेछ र बस परिचालकहरू तथा ती लाखौं मानिसहरूलाई स्वीकार्य हुनेछ, जसको आजीविका परिवहन क्षेत्रसित जोड़िएको छ। बस सिन्डिकेटका प्रवक्ता तपन ब्यानर्जीले भऩे, धेरै महिनासम्म बसहरू सड़कहरूदेखि टाढ़ा रहे, जसले गर्दा आमनी एकदमै शून्य थियो र यस अवधि ब्याङ्कलाई मासिक किस्ती पनि तिर्न सकिएको छैन। वाहनहरू सड़कहरूदेखि टाढ़ा रहे यसैले कोलकाता महानगर क्षेत्र (केएमए) मा वाहन प्रदूषण पनि भएन, यस्तो स्थितिमा वाहनहरूलाई प्रयोग गर्ने समयसीमा दुई वर्ष बढ़ाउन सकिने सुझाउ दिन्छौं। हामी सरकारसित यस मामिलामा ध्यान आकर्षित गर्ने आग्रह गर्दछौं।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement