बंगालमा विभाजन गर्ने गुटको निम्ति ममताले बनाइन् सेफ माहोल- भाजपा

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः संसदको सुरक्षामा चूक लगाउने आरोपितहरूको मास्टरमाइन्ड र उसका सहयोगीहरूको कोलकातासित सम्बन्धलाई लिएर भाजपा सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसमाथि हमलावर बनेको छ। ममता क्याबिनेटमा मन्त्री तापस रोयको साथ ललित झाको धेरै फोटोहरू अघि आएपछि भाजपाले लगातार हमला गरिरहेछ। नेता प्रतिपक्ष एवं वरिष्ठ भाजपा विधायक शुभेन्दु अधिकारीले भने, ममता ब्यानर्जीले बंगालमा शहरी नक्सलीहरू र विभाजन गुटको निम्ति सुरक्षित माहोल तयार पारेकी छन्।

शुक्रवार उनले माइक्रो ब्लगिङ साइट एक्समा लेखे, ममता ब्यानर्जीले पश्चिम बंगालमा सफलतापूर्वक एक इको सिस्टम बनाएकी छन्, जसले शहरी नक्सलीहरूको पोषण गर्दछ, विभाजन गुटलाई प्रोत्साहित गर्दछ, अवैध अप्रवासीहरू र घुसपैठीहरूलाई सुरक्षित मार्ग प्रदान गर्दछ। दुर्भाग्यले राज्य राष्ट्र-विरोधी गतिविधिहरूको केन्द्र र राष्ट्र-विरोधी हितहरूलाई आश्रय दिनेहरूका लागि सेफ प्लेस र शरणस्थली बनेको छ।

-हिस

About Author

Advertisement