नदिया जिल्लामा पुलिस हिरासतमा मृत्युको सीबीआई जाँचको आदेश

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः कलकत्ता उच्च न्यायालयको एक खण्डपीठले पश्चिम बंगालको नादिया जिल्लामा पुलिस हिरासतमा भएको मृत्युमा केन्द्रिय जाँच ब्यूरो (सीबीआई) बाट जाँच गराउने आदेश दिएको छ। मुरूतिया पुलिस स्टेशनसित सम्बन्धित जाँच अधिकारी विरूद्ध केन्द्रिय एजेन्सीलाई जाँचको आदेश दिन बाहेक न्यायमूर्ति चितरन्जन दास र पार्थ सारथी सेनको पीठले राज्य पुलिसलाई सम्बन्धित पुलिस अधिकारी विरूद्ध विभागीय जाँच शुरू गर्ने निर्देश पनि दिएको छ।

उल्लेख्य, गत अगस्तमा शौकत मण्डल नाम गरेको व्यक्तिलाई मुरूतिया पुलिस स्टेशनको पुलिसले उठाएको थियो। भोली पल्ट उसको शव थाना नजिक बाँसको झाड़ी पछाड़ी भेटियो। यसपछि पीड़ित परिवारले जिल्ला पुलिसका उच्च अधिकारीहरूसित सम्पर्क गरी मामिलाको गहन जाँच गर्ने माग गरे तर उच्च अधिकारीहरूबाट कुनै सकारात्मक प्रतिक्रिय नपाउँदा पीड़ित परिवारले सेप्टेम्बरमा कलकत्ता उच्च न्यायालयको दैलो ढकढकाएका थिए।

-हिस

About Author

Advertisement