रेलको धक्काले एकको मर्मान्तिक मृत्यु

IMG-20230528-WA0320-5-300x172-4

कालचिनीः अलिपुरद्वारदेखि सिलगढ़ीगामी भिस्टाडोम रेलको धक्काले अठियाबारी रेलवे क्रसिङ १५२/१६ नम्बर खुट्टी नजीक एकजना युवकको घटनास्थलमा नै मर्मान्तिक मृत्यु भएको छ। घटनास्थलमा अलिपुरद्वार जीआरपी र कालचिनी थानाको पुलिसबल पुगेर घटनाको जाँच चलिरहेको छ।
यता प्रत्यक्षदर्शीहरुले जनाए अनुसार, उक्त युवकले आफै चप्पल खोलेर चलिरहेको रेलमा हामफाल्न पुगेको थियो।प्रत्यक्षदर्शीहरूले जनाए अनुसार, रेलवे फाटक लागेको बेला रेलले फाटक पार गरिरहेको बेला उक्त युवकले चप्पल खोलेर अचानक हामफाल्दा रेलको धक्काले उछिट्टाएको थियो भने घटनास्थलमा नै युवकको मृत्यु भएको बताईएको छ। मृतक युवकको पहिचान अठियाबारी बंगबारी गोदामलाईन निवासी एल्विस उराँव उमेर अनुमानिक २५ रहेको गाउँले सुत्रले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement