२२ जनवरीदेखि २५ जनवरीसम्म कोलकातामा रात्रि शास्त्रीय संगीत कार्यक्रम हुने    

IMG-20231215-WA0163.jpg

फोटो देब्रेदेखि दाहिने: कोलकातामा सम्पन्न भएको ७२औं वार्षिक डोभर लेन म्युजिक कन्फरेन्सको पत्रकार सम्मेलनमा सहभागी हुँदै प० असिम चौधरी, प. समर साह, प. स्वपन चौधरी, सिद्धार्थ भोस, प्याटन ग्रुपका एमडी तथा डोभर लेन म्युजिक कन्फरेन्सका संरक्षक सञ्जय बुधिया, श्रीमती श्रुति बाजुर बरुवा, सुश्री अन्नेस्वा दत्तगुप्त, श्रीमती सानिया पट्नाकर, श्रीमती झिनुक मुखर्जी अनि डोभर लेन म्युजिक कन्फरेन्सका अध्यक्ष मोनोतोष मुखर्जीl                  

रात्रि शास्त्रीय संगीत कार्यक्रम डोभर लेन म्युजिक कन्फरेन्स आउँदो वर्ष २२ जनवरीदेखि २५ जनवरी २०२४ सम्म हुनेछ। यस अवसरमा संगीत सम्मान पुरस्कार पण्डित अनिन्द्य च्याटर्जीलाई प्रदान गरिनेछ। ‘हामीले हाम्रो प्यारो शहर कोलकाता देशको सांस्कृतिक केन्द्रको सबैभन्दा सम्मानित, प्रतिक्षा गरिएको र खोजी गरिएको संगीत महोत्सवहरू मध्ये एक डोभर लेन म्युजिक कन्फरेन्ससँग आबद्ध हुन पाउँदा गर्वका साथ सुअवसर महसुस गरेका छौं’, सञ्जय बुधियाले भने।

About Author

Advertisement