सिक्किमका राज्यपालले गरे यूपीका मुख्यमन्त्री अदित्य योगीसँग शिष्टचार भेट

IMG-20231215-WA0207.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हिजो उत्तर प्रदेशका मुख्यमन्त्री अदित्य नाथ योगीसँग उनको सरकारी निवासमा शिष्टचार भेट गरे। उत्तर प्रदेशको वनारसमा आयोजना हुने मेरा माटी, मेरा देश, मेरा विद्यालयको सांस्कृतिक कार्यक्रममा सहभागी जनाउने उत्तर प्रदेश पुगेका राज्यपाल आचार्यले मुख्यमन्त्री योगीसँग उत्तर प्रदेश र सिक्किमको विकासका कुराहरूबारे चर्चा गरे। विशेष गरेर विकासका मुद्दाहरूमा चर्चा गर्नाले सिक्किम र उत्तर प्रदेश दुवै राज्यलाई लाभ हुन सक्ने बताएका छन्। यस विषयमा चर्चा गर्नाले दुवै राज्यलाई विकासको उचाईमा पुऱ्याउन सक्ने राज्यपालले मन्तव्य प्रकट गरेका छन्।

About Author

Advertisement