च्यालेञ्जर स्पोर्टिंग क्लबको जीत, सनराइज स्कूल र सिटी भेल्लीबीच म्याच ड्र

IMG_20220722_183407.jpg

२२ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत शुक्रवार दुईवटा म्याच खेलियो। लेबोङको गोर्खा स्टेडियममा आज भएको पहिलो म्याचमा च्यालेञ्जर स्पोर्टिंग क्लबले युनाइटेड ब्रदर्स भेटरन एफसीलाई ४-१-ले पराजित गऱ्यो। पूल ई-को यस म्याचमा विजेता टीमबाट कुमार तामाङले २ गोल गरे। यसबाहेक दिवाकर राई र उज्जवल राईले १-१ गोल गरे। युनाइटेड ब्रदर्स भेटरन एफसीबाट अर्जुन राईले १ गोल गरे। यसरी नै सनराइज स्कूल र सिटी भेल्ली फूटबल क्लबबीच खेलिएको ग्रुप एफ-को म्याच गोलरहित (०-०) ड्र मा समाप्त भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement