कोलकता: सीबीएसई परीक्षामा सफलता हासिल गर्ने छात्र-छात्राहरूलाई पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शुभकामना दिएकी छन्। साथै आशा अनुरूप प्रदर्शन गर्न नसक्ने छात्रहरूलाई हतोत्साहित हुनको साटो अझ् राम्रो तरीकाले तयारी गरी भविष्यमा राम्रो प्रदर्शन गर्ने सुझाउ दिएकी छन्।
शुक्रवार ममताले ट्वीट गरिन्, ‘सीबीएसई परीक्षामा सफल हुने छात्र-छात्राहरू र ऱ्याङ्क धारकहरूलाई बधाई। अभिभावकहरू, शिक्षकहरू र स्कूलहरूलाई पनि नमन। जुन छात्रहरूले आशाभन्दा कम प्रदर्शन गरेका छन्, उनीहरूलाई आत्तिने आवश्यकता छैन तर भविष्यमा अझ् राम्रो तरीकाले तयारी गरी अझ् राम्रो प्रदर्शनको निम्ति संकल्प लिनपर्नेछ’। उल्लेख्य, सीबीएसई बोर्डको परीक्षा परिणाम शुक्रवार बिहान घोषित गरिएको छ।










