गोर्खा शहीद च्यालेञ्ज फूटबलः रोमाञ्चक जीतको साथ चाँद एफसी सेमिफाइनलमा

IMG_20220722_183856.jpg

२२ जुलाईः मिक्स-अप् सेभेन, बुद्ध ग्राम (खरसाङ)-को तत्त्वावधानमा आयोजित पहिलो गोर्खा शहीद च्यालेञ्ज ट्रफी सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार चौथो क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा आज भएको म्याचमा तीनधारेको चाँद एफसीले ईगल्स सेभेन (सिलगढ़ी)-लाई २-१-ले पराजित गऱ्यो। चाँद एफसीबाट आदर्श लामा र आमिर लामाले गोल गरे। यसरी नै ईगल्स सेभेनबाट एकमात्र गोल देवाशिष राईले छिराए। विजेता टीमका स्टपर बीरेन प्रधानलाई प्लेयर अव् द म्याच चयन गरियो। भोलि खेलिने पहिलो सेमिफाइनलमा क्यामरुन सेभेन र आयुष सेभेन (सुकना)-बीच भिड़न्त हुनेछ। फाइनल २७ जुलाईमा खेलिनेछ।

About Author

Advertisement