नयाँ दिल्ली: उत्तर प्रदेशको बुलन्द शहरस्थित दिल्ली पब्लिक स्कूलकी सीबीएसई १२औँ- की छात्रा तान्या सिंहले ५०० मध्ये ५०० अंक प्राप्त गरेको छ। यस अङ्कले सबैलाई छक्क पारेकी छन्। डीपीएसअनुसार, तान्या सिंह अल इण्डिया टपर हुन्। तान्या सिंहलाई इङ्ग्लिश, हिस्ट्री, ज्योग्राफी, इकोनोमिक्स र म्यूजिकमा सय प्रतिशत अंक हासिल भएको छ। उनलाई पोलिटिकल साइन्समा 98 प्रतिशत अंक प्राप्त भयो। उनले आफ्नो सफलताको श्रेय स्कूलका अध्यापक र आफ्ना परिजनहरूलाई दिएकी छन्।
साथै उनले भनिन्, ‘यदि कुनै नानीको कम नम्बर छ भने उनीहरूले यसलाई अन्तिम गणतव्य नसम्झुन्, हताश निःराश नहोऊ। म टाइमको हिसाबले स्टडी मेन्टन गर्नेगर्थिन तर सब्जेक्ट र च्याप्टर जबसम्म कम्प्लीट हुन्थेन, तबसम्म पढ़ाई गर्थे। म सिविल सर्विस जोइन गरी देशको सेवा गर्न चाहन्छु’।










