आरोपीलाई सजाय दिनुपर्ने मागमा पशु प्रेमी संगठनहरूद्वारा सिलगढीमा मोमबत्ती रैली

tyh.png

सिलगढी: सिलगढीमा १४ वटा कुकुरको बच्चालाई विष खुवाएर हत्या गरेको घटनाको ५ दिन बितिसक्दा पनि अपराधीलाई पक्राउ गर्न सकिएको छैन। यसैको विरोध जनाउँदै आज सिलगढी सहरका विभिन्न पशु प्रेमी संगठनहरूले मोमबत्ती रैली निकाल्यो। सिलगढीको बाघाजतिन पार्कबाट एउटा रैली निकालेर विभिन्न इलाकाको परिक्रमा गरियो। ‘वी वान्ट जस्टिस‘-को नारा लगाउँदै रैलीमा उपस्थित मानिसहरूले आरोपीलाई कठोर सजाय दिनुपर्ने माग गरे। स्मरण रहोस्, गत शनिबार राति सिलगढी नगरनिगमको १८नम्बर वार्ड अन्तर्गत राणा बस्ती संलग्न इलाकामा १४ वटा कुकुरको बच्चालाई विष खुवाएर हत्या गरेको आरोप उठेको थियो। उक्त घटनापछि स्थानीय मानिसहरू लगायत शहरका विभिन्न पशु प्रेमी संगठनहरूले क्षोभ प्रकट गर्दै दोषीलाई चाँडोभन्दा चाँडो सजाय दिनुपर्ने माग गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement