शीतकाल शुरू हुनसाथ फुलबारी महानन्दा ब्यारेजमा प्रवासी पक्षीहरूको आगमन शुरू

Screenshot_20231130_193607_Samsung-Internet.jpg

फुलबारी: शीतकाल शुरू हुनसाथ फुलबारी महानन्दा ब्यारेजमा विभिन्न प्रजातिको प्रवासी पक्षीहरूको आगमन शुरू भएको छ। सिलगढी संलग्न फुलबारी ब्यारेज लगायत पश्चिम धनतलाको महानन्दा नदीमा प्रवासी पक्षीहरूको आगमन शुरू भएको छ। स्थानीय मानिसहरूले बताएअनुसार फुलबारी महानन्दा ब्यारेज इलाकामा प्रत्येक वर्ष शीतकालमा विभिन्न प्रजातिको विदेशी पक्षीहरू देख्न पाइन्छ। यस वर्ष पनि शीतकाल शुरू हुनसाथ पक्षीहरूको आगमन शुरू भएको छ भने हालसम्म लगभग ६ प्रकारको पक्षीहरू देख्न पाइयो। यहाँ मलेशिया, तिब्बत, दक्षिण अफ्रिका, साइबेरिया लगायत अन्य देशबाट प्रवासी पक्षीहरूको भीड जमेको छ। विभिन्न प्रजातिको पक्षीहरू हेर्न पाउँदा धेरै राम्रो लाग्यो। प्रवासी पक्षीहरूलाई हेर्नको लागि प्रत्येक दिन विभिन्न ठाउँबाट धेरैजना मानिसहरू आउने गर्छन्।

About Author

Advertisement