गोरामुमोको वरिष्ठ नेता जर्ज गुरुङको निधन

IMG-20231130-WA0178.jpg

गोरामुमो अध्यक्ष मन घिसिङद्वारा श्रद्धाञ्जली अर्पण

खरसाङ: खरसाङको अम्बटे निवासी एंव गोरामुमोको वरिष्ठ नेता जर्ज गुरुङको निधन भएको छ। उनको निधन उपचारको क्रममा हिज राती खरसाङ अस्पतालमा भएको थियो। गोरामुमोको वरिष्ट नेता जर्ज गुरुङलाई श्रद्धाञ्जली अर्पण गर्न आज गोरामुमो अध्यक्ष मन घिसिङ अनि विधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल निरज जिम्बा खरसाङको म्बटे पुगेका थिए। १९८६ सालको गोर्खाल्याण्ड आन्दोलनमा आफ्नो अहम भूमिका निभाउने जाति र माटोको निम्ति मरि हत्ते गर्ने जर्ज गुरुङ विगत केही महिना अघिदेखि बिरामी अवस्थामा रहेका थिए। जर्ज गुरुङले गोरामुमोको भ्रातृ संगठन एचपीडब्ल्यु केन्द्रीय समिति सदस्य एवं खरसाङ ब्राञ्च कमिटीको अध्यक्ष पदमा रहेर चिया श्रमिकहरुको हक र हितको निम्ति आफ्नो महत्त्वपूर्ण योगदान दिएका थिए। पार्टीको वरिष्ठ नेतालाई गुमाउनु पर्दा अध्यक्ष मन घिसिङ धेरै दु:खित बनेको साथै उनी जस्तो वरिष्ठ नेतालाई गुमाउनु पर्दा पार्टीलाई ठूलो क्षति भएको र उनको योगदानलाई पार्टीले कहिले भुल्ने छैन भनी अध्यक्ष मन घिसिङले बताएका छन्। यसै क्रममा अध्यक्ष मन घिसिङद्वारा शोकाकुल परिवारका सदस्यहरुलाई भेटघाट गरी समवेदना प्रकट गरेका छन्। जर्ज गुरुङलाई श्रद्धाञ्जली अर्पण गर्न गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामा, केन्द्रीय समिति सदस्य किशोर राई, खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा, सचिव युद्ध छेत्री प्रचार प्रसार सचिव भुपेन गुरुङ, गोरामुमो सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री लगायत गोरामुमो भ्रातृ संगठनका प्रतिनिधिवर्ग अनि कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेका थिए।

About Author

Advertisement